भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण, तापक्रम उतारचढाव मुख्य कारण

चैते धानमा ‘नेक ब्लास्ट’ रोगको संक्रमण, तापक्रम उतारचढाव मुख्य कारण

काठमाडौं, २७ जेठ । चैते धान बालीमा ‘नेक ब्लास्ट’ (घाँटी मरुवा) रोगको संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुरलगायतका जिल्लामा चैते धानमा यो रोग फैलिएको कृषि प्राविधिकहरूले जनाएका छन्।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार चितवनको पूर्वी क्षेत्र राप्ती, खैरहनी र रत्ननगरलगायतका अधिकांश भागमा रोगको संक्रमण देखिएको छ। रोगका कारण धानको बाला सुक्ने र दाना नलाग्ने समस्या देखिएको छ।

विशेषज्ञहरूका अनुसार यस वर्ष वैशाखयता लगातार वर्षा हुनु, राति चिसो र दिउँसो तातो हुने अवस्थाले तापक्रममा उतारचढाव बढेकाले ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको हो।

कृषि वैज्ञानिकहरूका अनुसार ‘नेक ब्लास्ट’ मुख्य रूपमा बीउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाँदा संक्रमणको जोखिम अझ बढ्ने राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)का धानबाली विज्ञ डा. कृष्णहरि घिमिरेले बताए। उनका अनुसार पुराना जातका बीउ प्रयोग र मौसमीय असन्तुलनका कारण रोग तीव्र रूपमा फैलिएको हो।

कृषि विज्ञहरूले किसानलाई खेतको नियमित अनुगमन गर्न, रोग लागेको बाला हटाउन, आवश्यक परामर्श अनुसार औषधि तथा व्यवस्थापन उपाय अपनाउन र सकेसम्म पाकेको धान छिटो भित्र्याउन सुझाव दिएका छन्। यो रोग नियन्त्रणमा नआए उत्पादनमा उल्लेखनीय गिरावट आउने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.