भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

काठमाण्डौ, २७ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा हिजोको हावाहुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले घरको छाना उडाएको छ । केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ । केही कच्ची घरको पर्खाल चर्किएको तथा एउटा घरको ब्लकको पर्खाल भत्किएको छ ।

मनबहादुर राना र केमबहादुर विकको गोठमा पनि हुरीले क्षति पुर्‍याएको छ । वर्षासँगैकोे हुरीले घर गोठमा क्षति गरेको तर परिवार विस्थापित नभएका प्रहरीको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.