भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्य बन्दै चखेवा भञ्ज्याङ

पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्य बन्दै चखेवा भञ्ज्याङ

काठमाडौँ, ११ माघ । खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको चखेवा भञ्ज्याङ पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, सांस्कृतिक समृद्धि र पहुँचयुक्त पूर्वाधारका कारण यो क्षेत्र पर्यटकका लागि सहज र मनमोहक गन्तव्य बन्दै गएको हो।

समुद्री सतहबाट दुई हजार ३५१ मिटर उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकमार्फत जोडिएको यस स्थानमा पुग्न सहज भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ। स्थानीय परिकारको स्वाद र प्राकृतिक वातावरणको न्यानोपन अनुभव गर्न चाहने पर्यटकहरूका लागि चखेवा भञ्ज्याङ आकर्षणको केन्द्र बनेको छ।

टेम्केमैयुङ गाउँपालिकाले चखेवा क्षेत्रलाई संस्कार, संस्कृति र सभ्यताको पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ। चखेवा भञ्ज्याङ मध्यपहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्रविन्दुमा पर्ने भएकाले यसको पर्यटकीय महत्त्व अझ बढेको छ।

गाउँपालिकाले यहाँ बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गर्न केन्द्र सरकारबाट करिब तीन करोड रुपैयाँको बजेट सुनिश्चित गरिसकेको जनाएको छ। ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारासहित गाउँपालिका दीर्घकालीन विकास योजनामा अघि बढेको छ।

 


Thali Mobile Pvt.Ltd.