भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम,उच्च सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जलसतह बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सनुसरी, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रोटहट, बारा, पर्सा, काठमाडौं, भक्तपुर र ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज नारायणी नदी देवघाटमा जलसतह सतर्कता तह माथि रहने र मर्स्याङ्दीमा जलसतह सतर्कता तह नजिक रहेकोले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.