भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम,उच्च सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जलसतह बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सनुसरी, उदयपुर, सङ्खुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रोटहट, बारा, पर्सा, काठमाडौं, भक्तपुर र ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज नारायणी नदी देवघाटमा जलसतह सतर्कता तह माथि रहने र मर्स्याङ्दीमा जलसतह सतर्कता तह नजिक रहेकोले सावधानी अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.