भक्तपुर । भक्तपर अस्पतालमा ठाउँ अभावका कारण सेवा विस्तारमा समस्या भएको अस्पताल निर्देशक डाक्टर सुमित्रा गौतमले बताउँनु भएको छ । भक्तपुर अस्पतालको जग्गा अन्य अस्पतालहरु, रेडकक्रस र साझाले प्रयोग गर्दा अस्पतालको सेवा विस्तामार समस्या भएको बताउँनुभयो । उहाँले भन्नु भयो “भक्तपुर अस्पताल आर्थिक बर्ष २०८०÷८१ को अन्तिम तिर छ ।
अहिले हामीले सेवाका हिसाबले भक्तपुर अस्पताललाई तीनवटा विद्यामा विभाजन गरेर काम गरिरहेका छौं । पहिलो अस्पतालको समग्र पूर्वाधार, दोस्रो सेवा विस्तार, तेस्रो अस्पतालको समग्र उथान गरी तीनवटा क्याटेगोरीमा अस्पताल (क्युरेटिभ) उपचारात्मक संग संगै सामुदायिक स्तरमा (प्रिभेन्टिभ) रोकथामको सेवा दिने भने हिसाबले अगाडि बढेका छौं । टिम वर्ककासाथ काम गरिरहेका छौं ।”
भक्तपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा ९८ अङ्क ल्याएर देशकै उत्कृष्ट अस्पताल बनेको छ । हरेक दिन अस्पतालले एउटा चुनौतीको सामना गर्नुपरिरहेको छ । उत्कृष्ट अङ्क ल्याएर आएको विद्यार्थीलाई हरेक दिन परिक्षा भए जस्तै हामीलाई पनि हरेक दिन उत्कृष्ट प्रमाणित गर्नुपर्ने अवस्था छ । भक्तपुर अस्पतालमा अझै भवनको भवनको अभाव छ ।
जग्गा हुँदा हुदै अरु अस्पतालले जग्गा उपयोग गरिदिदा खुम्चिएर सेवा दिनु परेको छ । अस्पतालले प्राप्त गरेको अङ्क सोही अनुसार कसरी बचाइ राख्ने ? भन्नेमा चिन्तित छौं । अलि भिड्भाड भयो भन्ने किसिमका गुनासोहरु आएको कारण अब सेवा विस्तार र दिदै आएको सेवा अझै उतकृष्ट बनाउन लागेका छौं । अनुभूती गर्ने गरी सेवा गरौं भने कुरालाई मध्यनजर गर्दै अघि बढेको डाक्टर गौतमको भनाई छ ।
सेवा दिन अलि कति ठाउँको अभाव हो, अब त्यसलाई कसरी पूर्तिगर्ने र अभावलाई न्यूनिकरण गर्ने भन्ने प्लानिङ गरेर मन्त्रालयसंग, बाग्मती प्रदेश एवं अन्य डोनर संस्थाहरुसंग अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “भक्तपुर अस्पतालको मुख्य भवन, जुन लगभग आज भन्दा एकसय बीस बर्ष पुरानो अस्पताल हो । सबैभन्दा पहिला बनेको निमार्ण भएको त्यो भवन हो । पुरानो भवन यसलाई रेट्रोफिटिङ गर्ने हो वा सो स्थानमा नयाँ भवन निमार्ण गर्ने त्यो कुरा चाही ढिलो भएको अवस्था छ । अहिले रेट्रोफिटिङ भईरहेको भवन निमार्णको प्रक्रिया रोकिएको हँदा एउटा भवनको अभाव भएको हो । भक्तपुर अस्पतालको नाममा भएका अन्य भवनहरु पनि अन्य अस्पतालले प्रयोग गरिरहेको छ त्यसलाई आफ्नै मातहतमा ल्याउने अवस्था छिटो सम्मपन्न भयो भने हामी जनगुनासा सम्बोधन गर्न सक्षम हुने छौं ।
मानव अङ्गले, भक्तपुर अस्पतालको भवन प्रयोग गर्दाखेरी भक्तपुर अस्पताले सेवा दिन नसकेको अवस्था छ । मानव अङ्गलाई पनि सेवा दिन सानो ठाउँ भएकाले सकस परेको अवस्था छ । यता हामीले पनि नयाँ तरिकाले सेवा दिन नसक्ने अवस्थामा खुम्चिनु परेको छ । जति बल गरेपनि अप्ठेरोकैबीच दुईटै अस्पताललाई सेवा दिनु परेको छ । साथै क्यान्सर अस्पताले केही ठाउँ ओगटे छ । त्यसपछि रेड्क्रसले ठाउँ ओगटेको छ जसले गर्दा सेवा दिन गाह्रो छ । त्यसैमा साझा स्वास्थ्यले अस्पतालको जग्गा हड्पेर बसेका कारण समग्र सेवा दिन खुम्चिनु परेको हो । अव आफै हटेर गयो भने ठिक छ नत्र अस्पताल प्रशासनले हटाउनुको विकल्प छैन । छिटो भन्दा छिटो त्यो हटाएर जनताले अनुभूती गर्ने गरि हामीले काम गर्न तयार छौं । त्यही अनुसार सेवा दिन कन्जुस्याई गर्दैनौं ।”
भक्तपुर अस्पतालको टिमले काम गर्नलाई तयार रहेतापनि यी कुरा जुन कर्मचारीको लेबलबाट सल्भ गर्न नसक्ने हुँदा अब हामी माथिल्लो तहसम्म सबै अनुरोध गरेर कार्य अगाडि बढाउछौं । माथिल्लो निकायले पनि अनुगमन गरेर अस्पताल मातहतका सबै चिज नियन्त्रणमा लिएर काम गर्न भनिसकेको छ । सहज सेवामा लाग्न हामी तत्पर छौं । बिरामीको अवस्था हेर्दा अस्पतालमा अव न्यूरो र मुटुको सेवा सञ्चालन गर्नुपर्ने भएको निर्देशक डाक्टर गौतमको भनाई छ ।
यसको सहमतिका लागि अर्थ मन्त्रालयमा फाईल पठाइसकेको अवस्था भएपनि पुरानो लागेको ठेक्का किलियर नभएका कारण र अन्य आन्तरिक कुराले गर्दा अलिकति अप्ठ्यारो भएको बताउँदै सेवा विस्तार भएसंगै हुमन रिर्सोसेजको कमी हुन थालेको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताललाई अब तीनसय बेड्मा स्तरोन्नती गर्न लागेको रसाउन १ गते देखि सोही अनुुुसारको दरबन्दी फूलफिल हुने र हामीले सेवालाई कसरी विस्तार गरेर लैजाने भने कुरा सोचिसकेका छौं । भक्तपुर अस्पताले दिएको विशेषज्ञ सेवाहरुमा नभएको सेवा न्यूरो र कार्डियोको सेवा हो त्यो पुरा पनि हुनेमा विश्वस्त छौं । यो बाहेक भक्तपुर अस्पतालमा आएको बिरामीहरुलाई सकभर भिड कम होस् त्यसपछि उचित सेवा पाओस् भने हिसाबले भएको सेवा सुविधालाई बढाएको उहाँको तर्क छ ।
भक्तपुर अस्पतालमा धेरै नै सुधार गर्नुपर्ने कुराहरु हुदाहुँदै पनि आफ्नो म्याक्सिमम् क्यापासिटी प्रयोग गरेरसेवा दिई रहेको अवस्थामा आएका सुभावहरुलाई पनि अति नै सम्वेदनशील भएर सेवा बढाउने कोसिस गरिरहेको निर्देशक गौतमले बताउँनुभयो । सड्क मानवहरुलाई भक्तपुर अस्पताले निःशुल्क उपचार गरेको अवस्था छ । सरकारले दिएका सुविधाहरुमा ती सेवा पनि थप गरेका छौं । बेवारिसेहरुको पनि सेवा गरेको अवस्था छ । मानव सेवा आश्रममा भएका बिरामी तथा मानसिक रोगीहरुलाई पनि भक्तपुर अस्पताले सक्दो सहयोग गरेको छ । उहाँले थप्नुभयो ।
गणतन्त्र दिवशका दिनमा शिविर नै संचालन गरेर विरामीलाई दुई महिनासम्मको निःशुल्क औषधी दिदै आएको र अबका दिनमा भक्तपुर अस्पताले गर्नुपर्ने र दिनुपर्ने सेवालाई अझैं उतकृष्ट तरिकाले दिने बताउँदै न्यूरो र कार्डियोको सेवा हरेक बुधबार पेईङमा गरिरहेको र अब त्यसलाई ५० रुपियाँ टिकटमा दैनिक रुपमा हरेक बिरामीले साउन १ गतेबाट सेवा लिन सक्ने व्यवस्था गर्दै सिटी स्क्यान पनि अस्पतालमा जडान हुन लागेको उहाँले जानकारी दिनुभयो ।
अहिले भक्तपुरका स्थानीय तहबाट सरसल्लाह र सहयोग पनि भइरहेको बताउँदै मेसु गौतमले भक्तपुर अस्पतालमा प्रदेश भरिमै महिलाहरुको पाठेघरको अप्रेसन हामीले निःशुल्क गरेको बताउँनुभयो । उहाँले अषाढ्सम्म ४८ जनाको सफल अप्रेशन भइसकेको र विभिन्न जिल्लाबाट आएर पनि अप्रेश गरिएको बताउँदै सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, काभ्रे, धादिङ, नुवाकोट, गोदावरी, ललितपुरका गरि ४६ जना महिलाको पाठेघरको निःशुल्क अप्रेशन आफै सहभागि भएर गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “उपचार नपाए भक्तपुर आउनुस्, हामी मर्न दिदैनौं भन्ने प्रूतिबद्धता गरेका छौं । कोभिड्को बेला यो चरितार्थ गरेर देखाएका थियौं । कम्तिमा पनि दैनिक थोरैमा ६०० देखि धेरैमा १००० भित्र दैनिक विरामी आएको अवस्था छ । त्यसमा ७० प्रतिशत बिमाका बिरामी छन् । मेडिसिनमै २०० बिरामी दैनिक, गाईनोमा डेढसय बिरामी, अर्थोमा डेढसय, सर्जरी, छाला रोग, आँखा, नाक कान घाँटी, पेईङमा मुटु सेवा, न्यूराको सेवा, हरेक बुधबार ईन्डोक्राईमोनोलोजी सेवा त्यसछि अन्य २४ सै घण्टा ल्याब सेवा छ । इमर्जेन्सीमा आएका बिरामीको दुईघण्टामा नै रिर्पाट आउँछ । दुईघण्टामा इमर्जेन्सी ल्याबको रिर्पोट दिने र १२ बजेसम्म ओपिडीमा आएको बिरामीलाई २ बजेसम्म रिर्पोट दिने सरकारी अस्पतालमा सायद हामी नै हौला । बिहान आएको बिरामीले २ बजे डाक्टरलाई रिपोर्ट देखाएर घर जान सक्नुहुन्छ । १२ बजे पछि कलेक्सन भएको रिपोर्ट भोलि बिहान फस्ट हावरमा दिन्छ्म । जसले गर्दा खुसी भएको अवस्था छ ।”
भक्तपुर नगरपालिकाबाट समेत अस्पताललाई राम्रो सहयोग हुँदै आएको बताउँदै अझै सेवा दिन लागिपरेको र भविष्यमा अहिले भएका कमीकमजोरीहरुलाई सच्चाएर सो अनुुसार बजेट व्यवस्थापन भयो भने सम्भवत एकबर्ष भित्रमा सबै सेवा विस्तार र समस्या समाधान गरेर जाने निर्देशक गौतमको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हेटौँडा । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष...
काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट र सिमेन्ट क्लिङ्कर भारतमा निर्यात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक...
कञ्चनपुर । कञ्चनपुर–कैलालीमा सारस चराको सङ्ख्या बर्सेनी घट्दो क्रममा रहेको छ। सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ। सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान...
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ...