भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

२५ वर्षदेखि आत्मसाक्षात्कारको यात्रामा चन्द्रहरि कायस्थ ‘श्रीहरि’

२५ वर्षदेखि आत्मसाक्षात्कारको यात्रामा चन्द्रहरि कायस्थ ‘श्रीहरि’

भक्तपुर, ३१ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारका चन्द्रहरि कायस्थ विगत २५ वर्षदेखि आत्मसाक्षात्कार र आध्यात्मिक जागरणको अभियानमा समर्पित छन्। ‘श्रीहरि’ नामबाट चिनिने कायस्थले ‘श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेशन’ स्थापना गरी आध्यात्मिक साधनाको माध्यमबाट हजारौं मानिसलाई जीवन रुपान्तरणको बाटो देखाउँदै आएका छन्।

बुधबार मध्यपुर थिमीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अभियानबारे जानकारी दिँदै सबैलाई ‘श्रीहरि आरोग्य साधना’ अभ्यासमा सहभागी हुन आग्रह गरे। उनले नौ दिन नौ रातसम्म पानीबाहेक केही पनि नखाई दैनिक १० देखि १४ किलोमिटरसम्म यात्रा गर्ने तपश्चर्या दुईपटक पूरा गरिसकेको जानकारी दिए। “शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो साधना केवल अभ्यास होइन, जीवनशैली हो,” उनले भने।

श्रीहरि आरोग्य साधना एक आध्यात्मिक अभ्यास हो जसले तप (आत्मसंयम), सेवा (निस्वार्थ कर्म), सुमिरन (भगवान वा स्वयमको स्मरण) र समर्पण (पूर्ण आत्मसमर्पण) मा आधारित चार स्तम्भमार्फत साधकलाई स्वास्थ्य, शक्ति, आनन्द, ज्ञान र प्रेमको अनुभूतितर्फ डो-याउँने उनले बताए । 

आधुनिक जीवनशैलीले मानिसलाई बाह्य साधनहरूमा निर्भर बनाएको छ, जसले असन्तोष, रोग, तनाव र आध्यात्मिक रिक्तता बढाइरहेको श्रीहरिकाे तर्क छ । यो साधना त्यस्ता समस्याको समग्र समाधान हुनसक्ने उनको विश्वास छ।

श्रीहरि फाउन्डेशनले हालसम्म नेपाल, भारत, चीन, थाइल्याण्ड, जापान, युरोपलगायत ३० भन्दा बढी देशमा ३ लाखभन्दा बढी व्यक्तिलाई ध्यान, योग, कार्यशाला र सामुदायिक सेवामार्फत आत्मसाक्षात्कारको मार्गमा डो-याइसकेको जनाएको छ।

आगामी वर्ष (२०८२) को वार्षिकोत्सवको अवसरमा फाउन्डेशनले १० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रूपमा र १ लाखभन्दा बढीलाई अनलाइन योग–ध्यान सत्रमार्फत सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

पत्रकार सम्मेलनमा श्रीहरिले सञ्चारकर्मीहरूप्रति आध्यात्मिक साधनाको सन्देश विश्वभर फैलाउन विशेष अनुरोध गर्दै भने, “तपाईंहरूको साथ र सञ्चार माध्यमको सहयोगमा हामी स्वस्थ, सशक्त र आनन्दमय समाज निर्माणतर्फ अघि बढ्न सक्छौं।”

Mohotsav


Thali Mobile Pvt.Ltd.