भर्खरै : Sorry, your browser does not support inline SVG.

सांसद सुवालको एक वाक्यले संसद् हल्लियो: “सभामुख ज्यू सरकारको प्रवक्ता नबन्नुहाेस् !”

सांसद सुवालको एक वाक्यले संसद् हल्लियो: “सभामुख ज्यू सरकारको प्रवक्ता नबन्नुहाेस् !”

काठमाडौं, ३१ बैशाख । प्रतिनिधिसभाको बुधबारको बैठक एक्कासी तातियो, जब नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेलाई “सरकारको प्रवक्ता भएर नबोल्नुस्” भन्दै कडा टिप्पणी गरे।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अनुमति मागिएको प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्ने क्रममा सांसद सुवालले सरकारका पछिल्ला कदमहरूप्रति आक्रोश पोखेका हुन ।

बालमन्दिर र ललितानिवास जग्गा काण्डदेखि सिंहदरबारलाई “दलालहरूको बैठक बस्ने थलो” को संज्ञा दिँदै सांसद सुवाललाइ सभामुखले समय सकिएको भन्दै रोके। तर सुवाल रोकेनन्, “सभामुखज्यू, तपाईं सरकारको प्रवक्ता भएर नबोल्नुस्,” भन्दै उनले आफ्नो भनाइलाई झनै सशक्त बनाए।

सभामुख घिमिरेले सुवालको अभिव्यक्तिमा असन्तुष्टि जनाए। सुवालकाे एक वाक्यले संसद् हलमा हलचल ल्यायो। केही सांसदहरू चकित, केही मुस्काए, क्षणभर संसद् हल टकाटक हाँसोले भरियो।

सुवालको भनाइ केवल व्यक्तिगत असन्तुष्टि थिएन, त्यो त संसदीय मर्यादा, निष्पक्षताको माग र सरकारको जवाफदेहीताका लागि उठेको सशक्त आवाज हाे। सुवालको सवालले एउटा कुरा प्रष्ट गर्छकि-संसद् केवल विधेयक पास गर्ने थलो मात्र होइन, जनआवाज गुञ्जिने मञ्च पनि हो।

 


Thali Mobile Pvt.Ltd.