भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

इस्तानबुल शान्ति वार्तामा पुटिन अनुपस्थित हुने भएपछि जेलेन्स्की रुष्ट

इस्तानबुल शान्ति वार्तामा पुटिन अनुपस्थित हुने भएपछि जेलेन्स्की रुष्ट

काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश छैन । यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।

क्रेमलिनका अनुसार रुसी टोलीको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेन्डिस्कीले गर्नेछन् । जेलेन्स्कीले यसअघि पुटिन सहमत भएमा मात्र वार्तामा सहभागी हुने र उनलाई प्रत्यक्ष भेट्ने बताएका थिए । पुटिन उपस्थित भएमा मात्र आफूले प्रत्यक्ष वार्ता गर्ने जेलेन्स्कीको अडान छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी नहुने भएका छन् । पुटिन उपस्थित भएमा मात्र आफू सहभागी हुने ट्रम्पको पूर्वसंकेत थियो । यता, जेलेन्स्कीले बिहीबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग अंकारामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.