भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शिक्षा विधेयकमाथि दफावार छलफल

शिक्षा विधेयकमाथि दफावार छलफल

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो ।

दफावार छलफलमा बोल्दै काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताए । बडूले जिल्ला शिक्षा कार्यालय नराख्ने र हाल रहेको शिक्षा विकास तथा समन्वय कार्यालय यथावत राख्ने प्रस्ताव गरेका छन् ।

परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.