भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाइड लाइसेन्स चेकिङमा कडाइ

गाइड लाइसेन्स चेकिङमा कडाइ

काठमाडौँ । गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको छ । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले पछिल्ला दिनमा काठमाडौँको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरूको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।

यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो । आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन गाइडहरूलाई आग्रह गरेको हो । सबै ट्राभल र ट्रेकिङ कम्पनीलाई लाइसेन्स प्राप्त वैधानिक टुर गाइडलाई मात्र लिएर नेपाल भ्रमणमा आएका पर्यटक घुमाउन संघले आग्रह गरेको छ ।

लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो । पर्यटक प्रहरी र संघले बौद्ध, बसन्तपुर, पशुपतिनाथ क्षेत्रमा चेकिङ गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.