भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

गाइड लाइसेन्स चेकिङमा कडाइ

गाइड लाइसेन्स चेकिङमा कडाइ

काठमाडौँ । गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको छ । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले पछिल्ला दिनमा काठमाडौँको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरूको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ ।

यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो । आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन गाइडहरूलाई आग्रह गरेको हो । सबै ट्राभल र ट्रेकिङ कम्पनीलाई लाइसेन्स प्राप्त वैधानिक टुर गाइडलाई मात्र लिएर नेपाल भ्रमणमा आएका पर्यटक घुमाउन संघले आग्रह गरेको छ ।

लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो । पर्यटक प्रहरी र संघले बौद्ध, बसन्तपुर, पशुपतिनाथ क्षेत्रमा चेकिङ गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.