भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने

चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने

काठमाडौं, १८ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेका नागरिकलाई घरमै खाना पकाउने ग्यास (एलपी ग्यास) उपलब्ध गराउने व्यवस्था गरेको छ।

ग्यास उद्योगी तथा डिलरसँग भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी तथा आश्रमहरूलाई डिलर र सब–डिलरमार्फत घरमै ग्यास पुर्‍याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले ग्यास अभाव भएको जानकारी प्राप्त भएमा प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा ग्यास अभाव भएको भन्ने चर्चा भए पनि आवश्यक परेकालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।

चितवनमा बाबा ग्यास, साइबाबा ग्यास र नेपाल ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने गैँडाकोटस्थित जानकी ग्यासको बजार क्षेत्र पनि चितवन रहेको छ। चारै ग्यास उद्योगका सञ्चालकले विगतको तुलनामा अहिले ग्यास अभाव नहुने र आपूर्ति नियमित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.