भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने

चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने

काठमाडौं, १८ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेका नागरिकलाई घरमै खाना पकाउने ग्यास (एलपी ग्यास) उपलब्ध गराउने व्यवस्था गरेको छ।

ग्यास उद्योगी तथा डिलरसँग भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी तथा आश्रमहरूलाई डिलर र सब–डिलरमार्फत घरमै ग्यास पुर्‍याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले ग्यास अभाव भएको जानकारी प्राप्त भएमा प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा ग्यास अभाव भएको भन्ने चर्चा भए पनि आवश्यक परेकालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।

चितवनमा बाबा ग्यास, साइबाबा ग्यास र नेपाल ग्यास उद्योग सञ्चालनमा रहेका छन् भने गैँडाकोटस्थित जानकी ग्यासको बजार क्षेत्र पनि चितवन रहेको छ। चारै ग्यास उद्योगका सञ्चालकले विगतको तुलनामा अहिले ग्यास अभाव नहुने र आपूर्ति नियमित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.