हैजाको लक्षण देखिएका तीन जना बिरामी अस्पतालबाट भागे

हैजाको लक्षण देखिएका तीन जना बिरामी अस्पतालबाट भागे image

काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् । अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो ।
गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो । शौचालय जाने निहुँ पारेर सोमबार २ बजे राति भ्यालबाट भागेका डा. बसौलाले बताए ।

‘तीनै जनाको कल्चर परीक्षण भइरहेको छ । केन्द्रका एक जनामा हैजा पुष्टि भएसँगै उहाँहरूलाई पनि लक्षणको आधारमा हैजा हुनसक्ने आशंका गरिएको छ,’ डा. बसौलाले भने, ‘उहाँहरूमा हैजा पुष्टि भए अरू व्यक्तिमा पनि सर्ने सम्भावना रहन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरको समवन्यमा तीन युवाको खोजी भइरहेको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda