भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

हैजाको लक्षण देखिएका तीन जना बिरामी अस्पतालबाट भागे

हैजाको लक्षण देखिएका तीन जना बिरामी अस्पतालबाट भागे

काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् । अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो ।

ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो ।
गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो । शौचालय जाने निहुँ पारेर सोमबार २ बजे राति भ्यालबाट भागेका डा. बसौलाले बताए ।

‘तीनै जनाको कल्चर परीक्षण भइरहेको छ । केन्द्रका एक जनामा हैजा पुष्टि भएसँगै उहाँहरूलाई पनि लक्षणको आधारमा हैजा हुनसक्ने आशंका गरिएको छ,’ डा. बसौलाले भने, ‘उहाँहरूमा हैजा पुष्टि भए अरू व्यक्तिमा पनि सर्ने सम्भावना रहन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरको समवन्यमा तीन युवाको खोजी भइरहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.