भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

चुरेको दोहन रोक्न कांग्रेसको ध्यानाकर्षण

चुरेको दोहन रोक्न कांग्रेसको ध्यानाकर्षण

सिरहा । अवैधरूपमा चुरे क्षेत्रबाट गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी गरेको भन्दै कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकार सम्मेलन गरेर कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप काग्रेसले लगाएको हो ।

कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजनसमेत उपलब्ध गराउन माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.