भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही

काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही

मुख्य बुँदा 

काठमाडौँका होटेल–रेस्टुरेन्टमा तोकिएको स्थानबाहेक हुक्का र चुरोट पिउन रोक।

धुम्रपान क्षेत्र स्पष्ट रूपमा छुट्याउन प्रशासनको निर्देशन।

धुम्रपान क्षेत्र बन्द संरचनाको हुनुपर्ने र धुवाँ बाहिर नजाने व्यवस्था आवश्यक।

जिल्ला प्रशासन र अनुगमन निकायले जुनसुकै बेला निरीक्षण गर्ने।

नियम उल्लङ्घन गरे सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार कडा कारबाही।

काठमाडौँ, २० साउन । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब तोकिएको धुम्रपान क्षेत्रबाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सबै होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्था गर्न निर्देशन दिएको हो।

प्रशासनका अनुसार अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको तथा धेरै व्यवसायीले कानुनी व्यवस्था पालना नगरेको भन्ने गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अब होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ।

धुम्रपानका लागि तोकिएको क्षेत्र चारैतिरबाट बन्द भएको हुनुपर्ने र त्यहाँबाट निस्कने धुवाँ वा असर अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था गर्नुपर्ने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अनुगमन निकायहरूले जुनसुकै समयमा होटेल तथा रेस्टुरेन्टको अनुगमन गर्नेछन्। अनुगमनका क्रममा कानुनविपरीत धुम्रपान व्यवस्थापन गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार कडा तथा अधिकतम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै व्यवसायीलाई कानुनको पूर्ण पालना गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.