भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही

काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही

मुख्य बुँदा 

काठमाडौँका होटेल–रेस्टुरेन्टमा तोकिएको स्थानबाहेक हुक्का र चुरोट पिउन रोक।

धुम्रपान क्षेत्र स्पष्ट रूपमा छुट्याउन प्रशासनको निर्देशन।

धुम्रपान क्षेत्र बन्द संरचनाको हुनुपर्ने र धुवाँ बाहिर नजाने व्यवस्था आवश्यक।

जिल्ला प्रशासन र अनुगमन निकायले जुनसुकै बेला निरीक्षण गर्ने।

नियम उल्लङ्घन गरे सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार कडा कारबाही।

काठमाडौँ, २० साउन । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब तोकिएको धुम्रपान क्षेत्रबाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सबै होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनबमोजिम धुम्रपान क्षेत्रको व्यवस्था गर्न निर्देशन दिएको हो।

प्रशासनका अनुसार अव्यवस्थित रूपमा धुम्रपान गर्दा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको तथा धेरै व्यवसायीले कानुनी व्यवस्था पालना नगरेको भन्ने गुनासो प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ अनुसार अब होटेल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ।

धुम्रपानका लागि तोकिएको क्षेत्र चारैतिरबाट बन्द भएको हुनुपर्ने र त्यहाँबाट निस्कने धुवाँ वा असर अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था गर्नुपर्ने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अनुगमन निकायहरूले जुनसुकै समयमा होटेल तथा रेस्टुरेन्टको अनुगमन गर्नेछन्। अनुगमनका क्रममा कानुनविपरीत धुम्रपान व्यवस्थापन गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १७ अनुसार कडा तथा अधिकतम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै व्यवसायीलाई कानुनको पूर्ण पालना गरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.