भर्खरै : Sorry, your browser does not support inline SVG.
७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव |

जनताको भावना बुझेर मित्रवत ढंगले काम गर्न नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन

जनताको भावना बुझेर मित्रवत ढंगले काम गर्न नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन
भक्तपुर । भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकको सहयोगमा पहिलोपटकको लागि २२ जना नगर प्रहरी छनोट गरी नगर प्रहरीहरुको लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको हो ।
तालिममा सहभागी नगर प्रहरीलाई बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले मार्गनिर्देश गर्दै नगर प्रहरीले नगरपालिका र जनताबीच समन्वयकर्ताको भूमिका निर्वाह गरी जनताको भावना बुझेर मित्रवत ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
नगर प्रहरीको काम नगरपालिकासँग प्रत्यक्ष सरोकार भएको विषय हो र नगर प्रहरीले असल व्यवहार, बोलीबचन, अनुशासित र इमानदारिताका साथ काम गर्न प्रमुख प्रजापतिले प्रेरित गर्नुभयो । उहाँले नगर प्रहरीले नगरपालिकाको निर्देशन र आवश्यकताअनुसार दमकल र एम्बुलेन्सले जस्तै काम गर्न सँधै तत्पर भएर बस्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले नगरको सन्तुलित विकासको लागि योजनाबद्ध ढंगले काम गर्दै आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर क्षेत्रफलको हिसाबले सानो नगरपालिका भए पनि चुनौतीहरु धेरै भएको नगर पनि हो भन्नुभयो । सो अवसरमा उपप्रमुख रजनी जोशीले भक्तपुर नपामा नगर प्रहरी व्यवस्थापनसँगै नगरका सबै क्षेत्र व्यवस्थित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रहरी नगरपालिकाको नीति र निर्देशनअनुसार इमानदारीपूर्वक परिचालन हुनुपर्नेमा  उहाँले जोड दिनुभयो । भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले नगर प्रहरीको काम, कर्तव्य र अधिकारमाथि प्रकाश पार्नुभयो । भक्तपुर नगरपालिकाको नगर प्रहरी निरीक्षक नारायण चुवानले २०८० चैत्र १५ गतेबाट नगर प्रहरीहरुलाई तालिम सञ्चालन हुने जानकारी गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.