भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

कक्षा १२ को परीक्षा सरेको छैन, झूटो हल्लामा नपर्न आग्रह

कक्षा १२ को परीक्षा सरेको छैन, झूटो हल्लामा नपर्न आग्रह

काठमाडौं, ५ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने जानकारी दिएको छ। हाल सामाजिक सञ्जालमा परीक्षा स्थगित गरिएको भन्ने गलत सूचना फैलिएको भन्दै बोर्डले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।

बोर्डका अनुसार, आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुनेछ। शिक्षक आन्दोलनका कारण परीक्षा प्रभावित भएको भनी भ्रम फैलाउने प्रयास गरिएको भन्दै बोर्डले विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई सतर्क रहन आग्रह गरेको छ।

“बोर्डको लेटरप्याड र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरी भ्रामक सूचना सार्वजनिक गरिएको पाइएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “यस विषयमा सम्बन्धित व्यक्तिहरूमाथि साइबर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।”

परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आवश्यक वातावरण बनाउन बोर्डले विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकहरूलाई पनि सहयोगको अपिल गरेको छ।

 

 

 


Thali Mobile Pvt.Ltd.