भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

धवलागिरिका गौरवका आयोजना

धवलागिरिका गौरवका आयोजना

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुई वटा योजना बहुवर्षीय क्रमागत हुन् भने रु तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना सालबसाली हुन् ।

संघीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा सञ्चालित चारवटा सालबसाली आयोजनाको ठेक्का सम्झौता गरेर कार्यान्वयन थालिएको गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए । प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु ४० लाख विनियोजन गरेको वडा नं ४ मुदीको वडा कार्यालय भवन निर्माणका लागि मालिका भगवती कन्ट्रक्सनसँग रु ८४ लाख ९६ लाखमा ठेक्का सम्झौता भएको छ ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर चारकोठे भवनको भुइँ तलामा ढलानको तयारी गरेको छ । पहिलो तलामा सभाहल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।संघीय सरकारको रु एक करोड १० लाख विशेष अनुदान प्राप्त भएको मन्छिम–शिवाङ–हिलापोखरी ‘एक घर, एक धारा’ खानेपानी योजना निर्माणका लागि बागेश्वरी कन्ट्रक्सन काठमाडौँसँग रु ८२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको छ ।

यस आयोजनामार्फत धवलागिरि–७ का मच्छिम, शिवाङ र हिलापोखरीका करिब तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।संघीय सरकार र गाउँपालिकाले रु ३५–३५ लाख विनियोजन गरेको लुलाङ–गुर्जा सडक निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सन प्रालिले रु ३२ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको छ ।

गत वर्ष संघीय, प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु छ करोड बजेटबाट लुलाङ–गुर्जा सडकको लुलाङबाट देउराली लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताए। यस वर्षको ठेक्कामार्फत लत्रवाङबाट गुर्जातर्फ सडक निर्माण गर्न थालिएको छ ।

त्यसैगरी, संघीय विशेष अनुदान रु ४० लाख बजेट विनियोजन भएको मुदी ढल व्यवस्थापन योजनाका लागि भण्डारी ढोरपाटन निर्माण सेवाले रु ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको छ । योजनामार्फत मुदीगाउँमा ढल व्यवस्थापनका लागि चार सय मिटर पक्की नहर निर्माण गरिने पूर्वाधार शाखाका प्रमुख रावलले बताए ।

बर्खामा बस्तीमाथिको पाखोबाट आउने बाढीलाई व्यवस्थित बगाउन पक्की नाला निर्माण गर्न लागिएको हो । वडाध्यक्ष घर्तीका अनुसार दुई सय ७० घरपरिवारको बसोबास रहेको मुदीमा बर्खायाममा बस्तीमाथिको पाखोबाट आउने बाढीले जोखिम बढाएको थियो । वडा नं ३ घट्टेखोलामा रु सात करोड ७८ लाखमा ठेक्का सम्झौता भएको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ ।

जुम्ली–प्रतिष्ठा–माछापुच्छ्रे जेभीले ठेक्का लिएको भवनको हालसम्म रु तीन करोड ९० लाख भुक्तानी भइसकेको छ । भवनको मुख्य संरचनाको काम सकेर रङरोगन, घेराबार र चमेना गृह निर्माण भइरहेको छ ।वडा नं ७ ताकममा रु चार करोड ८८ लाखमा ठेक्का सम्झौता भएको पाँच शय्या क्षमताको अस्पताल भवनको दोस्रो तलासम्म ढलान सकिएको छ ।

हालसम्म रु दुई करोड ३४ लाख भुक्तानी भइसकेको यस भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभीले ठेक्का लिएको थियो ।धवलागिरि गाउँपालिकाको गाउँसभाबाट चालु आवका लागि छनोट भई बजेट विनियोजन भएका एक सय पाँचमध्ये एक सय दुई वटा योजनाको सम्झौता भएको र उपभोक्ता समितिसँग सम्झौता भएको योजना वैशाख महिनाभित्र सम्पन्न हुने चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए ।

गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ७८ वटा योजनाको सम्झौता गरिएको थियो । चालु आवमा पूर्वाधार योजनाका लागि करिब रु १५ करोड बजेट विनियोजन भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.