भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

खोला मिचेर बनाइएको लायन्स क्लबको भवनमा डोजर चल्यो

खोला मिचेर बनाइएको लायन्स क्लबको भवनमा डोजर चल्यो

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा सार्वजनिक जग्गा मिचेर बनाइएको क्लबको भवनमा महानगरले डोजर चलाएको हो । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा उत्रेर डोचरचलाउन आग्रह गरेकी हुन ।

१८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै नभएको पाइएपछि भत्काएको भरतपुर महानगरले जनाएको छ । महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउत १२ गते सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

तर कुनै सुनुवाइ नभएपछि बाध्य भएर डोजर चलाएको महानगरले जनाएको छ । पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण र सौन्दर्यकरण अभियान एक साथ सुरु गरेको मेयर रेनु दाहालले बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.