भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

श्रीलंकामा संसद विघटन, नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा

श्रीलंकामा संसद विघटन, नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा

काठमाडौं । श्रीलंकामा संसद विघटन भएको छ । मध्यावधि निर्वाचन गराउन नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका हुन । दिसानायकेले २ सय २५ सदस्यीय संसदलाई विघटन गरिदिएको सञ्चारमाध्यमले जनाएका छन्।

संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेसंगै संसद विघटन भएको हो । दिसानायकेले मंगलबार आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्री बनाएका छन्। यनी देशको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री हुन्। यसका साथै नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिएका हुन । संसद् विघटन गर्दै आगामी निर्वाचनको मिति समेत तोकेका छन्। उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा गरेका छन्।

विघटित संसदमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो। भ्रष्टाचारविरुद्ध लड्ने र आर्थिक सुधारका लागि गरेको प्रतिबद्धताका कारण उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। देशको नयाँ राष्ट्रपतिका रुपमा श्रीलंकाको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशा दिनु दिशानायकेका लागि एउटा ठुलो र मुख्य चुनौती हुनेछ।

उनले आफ्नो नीतिलाई अगाडि बढाउन नयाँ जनादेश प्राप्त गर्न आफू निर्वाचित भएलगत्तै संसद विघटन गर्ने सङ्केत गरेका थिए। जनताको चाहना अनुसारको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नरहेको उनले निर्वचित भएपछि नै संकेत गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.