भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को

जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को

मुख्य बुँदा

जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लु र टाउको दुखाइका बिरामी बढे

तराई क्षेत्रमा शीतलहर र चिसो हावाको प्रभाव

कोशी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा वृद्धि

चिसोका कारण रक्तसञ्चार प्रभावित भई टाउको दुखाइ

पानी कम पिउँदा डिहाइड्रेशनले समस्या बढ्ने

मोटरसाइकल चालक र वृद्धवृद्धा बढी जोखिममा

माइग्रेन र साइनसका बिरामीलाई बढी समस्या

सावधानी र जीवनशैली सुधारले जोखिम घटाउन सकिने

विराटनगर, २१ पुष । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ।

विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ।

चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस गर्छन्। जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउने गर्छन्, तर शरीरमा हुने पानीको अभाव (डिहाइड्रेशन) नै टाउको दुखाइको प्रमुख कारण बन्ने गरेको छ।

विशेषगरी मोटरसाइकल चालक, राति चिसोमा सुत्नेहरू र लामो समय एउटै आसनमा बसेर काम गर्ने व्यक्तिहरू यो समस्याबाट बढी पीडित छन्। चिसो हावाले घाँटी र काँधको मांसपेशी कडा बनाउँदा टाउकोको पछाडिको भागबाट दुखाइ सुरु भएर अगाडिसम्म फैलिने गर्छ। यसबाहेक साइनसको समस्या भएका व्यक्तिहरूमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छन्।

माइग्रेनका बिरामीहरूका लागि त यो मौसम झनै चुनौतीपूर्ण छ, जहाँ चिसो हावा र निद्राको गडबडीले दुखाइलाई थप तीव्र बनाउँछ।चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा हुने भिटामिन डी को कमीले पनि मांसपेशी दुखाइ र थकान बढाउँछ।

उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा र मोबाइल कम्प्युटरमा बढी समय बिताउनेहरू यो जोखिमको अग्रपङ्क्तिमा छन्। डा.खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न चेतावनी दिएका छन्। यदि औषधि खाँदा पनि निको नभएमा, दृष्टि धमिलो भएमा वा ज्वरोसँगै टाउको दुखेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

यो समस्याबाट बच्नका लागि प्रशस्त पानी पिउने, न्यानो कपडाले घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने र हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। खानपान र जीवनशैलीमा सानो सुधार ल्याउन सके जाडोमा हुने यस्ता स्वास्थ्य समस्याबाट सजिलै जोगिन सकिन्छ। रासस