भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजिप्टमा २०२५ मा १ करोड ९० लाख पर्यटक, पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान

इजिप्टमा २०२५ मा १ करोड ९० लाख पर्यटक, पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान

एजेन्सी, कायरो । इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख विदेशी पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो ।

पर्यटन तथा पुरातत्त्व मन्त्री सरिफ फाथीका अनुसार मुलुकमा सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति, पर्यटन उत्पादनको विविधीकरण तथा सेवाको गुणस्तर सुधारका कारण पर्यटक आगमन उल्लेख्य रूपमा बढेको हो ।

उनले कायरो, हुरघाडा, शर्म अल–शेख र मार्सा आलम इजिप्टका सबैभन्दा व्यस्त विमानस्थलहरू रहेको जानकारी दिँदै यसले देशभर पर्यटन आकर्षणको भौगोलिक विस्तार झल्काएको बताए । सन् २०२५ मा विश्वका १९३ सहरहरूबाट इजिप्टमा प्रत्यक्ष पर्यटक उडान सञ्चालन भएको पनि उनले बताए ।

यस अवधिमा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी न्यू अलामेन सिटी चार्टर उडानमार्फत पर्यटक आगमनमा ४५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिँदै तीव्र गतिमा उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

पर्यटन इजिप्टका लागि रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातसँगै वैदेशिक मुद्राको प्रमुख स्रोत रहँदै आएको छ । सन् २०२४ मा इजिप्टले १ करोड ५७ लाख पर्यटकबाट १५.३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.