भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

शनिबारको तुलनामा उपत्यकामा कम चिसो, देशभरको मौसम सफा रहने अनुमान

शनिबारको तुलनामा उपत्यकामा कम चिसो, देशभरको मौसम सफा रहने अनुमान

काठमाण्डौ । देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो र राति देशका सबैजसो ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको हो ।

काठमाण्डौ उपत्यकामा हिजो बिहानको तुलनामा आइतबार कम चिसो छ ।शनिबार न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान चार दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ ।

आइतबार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।
पूर्वी पहाडका एक–दुई ठाउँमा सामान्य बादल लागे पनि धेरैबेर नरहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आइतबार बिहान काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा तुवाँलो र हुस्सु लागेको छ । दिउँसोदेखि तुवाँलो र हुस्सु हट्ने महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.