भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भक्तपुरमा नेकपा एमालेको सपथ ग्रहण, १७ सय ६१ जनाले लिए सपथ

भक्तपुरमा नेकपा एमालेको सपथ ग्रहण, १७ सय ६१ जनाले लिए सपथ

भक्तपुर । नेकपा एमालेले नयाँ संगठित सदस्यहरुलाई सपथ गराएको छ । १ हजार ७ सय ६१ जना सदस्यले आज सपथ ग्रहण गरेका छन् । सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाएका हुन ।

एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने भन्दै उनले व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हितमा लाग्न निर्देशन दिए ।

इन्चार्ज ढुङ्गेलले भने, “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ रु आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।”

जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने धारणा ढुंगेलको छ । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीमा काम नलाग्ने तर्क गरे । एमाले सत्ता बाहिर रहेकाले निर्णायक भूमिका नभएको जिकिर गरे ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्यता पाउने बताए ।

त्यस्तै उपाध्यक्ष बासुदेव थापाले भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको जिकिर गरे । आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने मिसन सुरु भएको बताए । नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले बताए ।

एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको उनको तर्क छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमती प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिनाभट्टराई, प्रवक्ता रविद्र सापकोटालगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.