भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

राष्ट्रिय क्रिकेट टोली  महिलाको कप्तानमा इन्दु बर्मा

राष्ट्रिय क्रिकेट टोली  महिलाको कप्तानमा इन्दु बर्मा

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त गरिएको छ । हङकङमा हुने चार देश सम्मिलित महिला टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि बर्मालाई कप्तान नियुक्त गरेको क्यानले जनाएको छ ।

१४ सदस्यीय टोलीको घोषणा गर्दै यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हुने शृङ्खलाका लागि उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ ।

अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, सङ्गीता राई सम्झना खड्का खुसी डङ्गोल, पूजा महतो, कञ्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन रहेको क्यानले जानकारी दिएको छ ।

टि–२० शृङ्खलामा नेपाल, तान्जानिया, जापान र हङकङ छन् । कात्तिक २९ गते तान्जानियासँग नेपालले पहिलो खेल खेल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.