भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

मुख्य बुँदा 

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

पक्राउ पर्नेमा सचिन्द्र पण्डित र राजीव ठाकुर

 बरामद नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँ

प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको

थप अनुसन्धान जारी

काठमाडौँ, १० बैशाख । काठमाडौँमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट बुधबार राति स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँको कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन्।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.