भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

दक्षिण कोरियामा पढ्न एनओसी वितरण दुई महिनाका लागि स्थगित

दक्षिण कोरियामा पढ्न एनओसी वितरण दुई महिनाका लागि स्थगित

काठमाण्डौ, ३१ बैशाख । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ। कोरियाको कालोसूचीमा रहेका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थी पठाइँदै आएको पाइएको कारण सरकारले यस्तो निर्णय लिएको हो।

शिक्षा मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै, आगामी दुई महिनासम्म दक्षिण कोरियाका लागि एनओसी नदिइने जानकारी दिएको छ। मन्त्रालयले कोरियामा अध्ययनका नाममा विद्यार्थीहरूले रोजगारीलाई प्राथमिकता दिइरहेको र पढाइ अधुरै छोड्ने प्रवृत्ति बढिरहेको समेत उल्लेख गरेको छ।

विद्यार्थी पठाउने प्रक्रियामा नियमन आवश्यक देखिएको भन्दै मन्त्रालयले कार्यदल गठन गरेको र त्यसको सिफारिसका आधारमा आगामी निर्णय लिइने बताएको छ। गत आर्थिक वर्ष मात्र ६ हजार ८ सय ८९ नेपाली विद्यार्थीले कोरियामा अध्ययन गर्न एनओसी लिएका थिए।

दक्षिण कोरिया अहिले पनि वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूका लागि शीर्ष १० गन्तव्यहरूमध्ये एक हो। सरकारको यो निर्णयले कोरियामा अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूमा अन्योल सिर्जना भएको छ भने शिक्षा परामर्शदाता कम्पनीहरूले समेत यसको गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.