भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

स्रोतको चापले सरकार खर्च कटौती गर्ने तयारीमा

स्रोतको चापले सरकार खर्च कटौती गर्ने तयारीमा

काठमाण्डौ, ३१ बैशाख । सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याउने बजेटमा व्यापक खर्च कटौती गर्ने तयारी थालेको छ। राजस्व अपेक्षाअनुसार नबढ्दा स्रोतको चापमा परेको सरकारले मितव्ययी बजेट निर्माण गर्ने रणनीति अघि सारेको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताको हिसाबले अहिलेको अवस्था सुविधाजनक नरहेकाले खर्च कटौती अनिवार्य भएको बताएका छन्उर । अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँगको छलफलमा उनले सीमित स्रोतलाई बढी प्रतिफल आउने क्षेत्रमा प्रयोग गर्ने धारणा राखेका हुन ।

चालू आर्थिक वर्षमै राजस्व लक्ष्यअनुसार संकलन नभएपछि सरकारी वित्तमा झन्डै २ खर्ब रुपैयाँ घाटा देखिएको छ। साउन १ देखि वैशाख ३० गतेसम्मको अवधिमा सरकारले जम्मा ९ खर्ब ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ भने सो अवधिमा खर्च ११ खर्ब ४६ अर्ब ५९ करोड १५ लाख रुपैयाँ पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएकाे छ ।

बजारमा माग नबढ्नु, निजी क्षेत्रको लगानी विस्तार नहुनु र पुँजीगत खर्च न्यून हुनु सरकारी वित्तीय संकटका प्रमुख कारण मानिएका छन्। साथै वैदेशिक अनुदान तथा सहायता समेत घटेका कारण आम्दानीका स्रोत झनै खुम्चिएका छन्।

यसैबीच, तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता जस्ता अनिवार्य दायित्व भने लगातार बढिरहेको छ । यी खर्चहरूलाई व्यवस्थित गर्न नसके आगामी वर्षको बजेट थप चापमूलक हुने देखिएको छ। सरकार अब आगामी बजेटमा प्राथमिकता निर्धारणसहित खर्च व्यवस्थापन गर्ने तयारीमा जुटेको छ।

 


Thali Mobile Pvt.Ltd.