भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

जर्मनबाट महायज्ञमा दान सहयोग, दानवीरकाे संख्या बढ्दै

जर्मनबाट महायज्ञमा दान सहयोग, दानवीरकाे संख्या बढ्दै

भक्तपुर । श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा दान सहयोग गर्नेको संख्या झन झन बढ्न थालेको छ । चाँगुनारायण नगरपालिका तथा अन्य पालिकाबाट र छिमेकि जिल्लाबाट दान गर्ने दानविरको संख्या बढ्दै गएको हो ।

सहकारी सस्थाका सदस्यहरु सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुको पनि सहभागिता बढ्दै गएको छ । यसैबीच जर्मनबाट पनि दान सहयोग प्राप्त भएको छ । बुधबार जर्मनको फ्रान्कफुर्ट निवासी नेपाली निर्मला गुरुङ्गको परिवारले महायज्ञमा सहभागि भएर आर्थिक दान रकम सहयोग गरेका छन् ।

उक्त परिवारले १ लाख १ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको जग्गा खरिद गरि भवन निर्माणको लागि भनेर नेपाल आएको बेलामा केहि रकम दान गरेको गुरुङ्गले बताइन् । आश्रम निर्माण कार्यमा पूर्ण साथ रहने छः मन्त्रि लम्साल
छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको कार्यमा प्रदेश सरकारको साथ रहने बाग्मति प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रि लक्ष्मण लम्सालले बताएका छन ।

श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा मन्त्री लम्सालले जीवनकालमा सबै बृद्ध हुनुपर्ने भन्दै बृद्धहरुलाई सम्मान गरेर उनिहरुको सकारात्मक ज्ञान आर्जन गर्न सकेमात्र समाज अनुशासनको पथमा अगाडी बडन सक्ने पनि बताए ।

 

एमाले जिल्ला कमिटीद्धारा दान
यसैबीच छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागि नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले रु १ लाख १ हजार १ सय ११ रुपया आर्थिक दान गरेको छ । छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणार्थ पार्टीको तर्फबाट सक्दो सहयोग गरेको पार्टी जिल्ला अध्यक्ष देउजाले बताए ।

 


Thali Mobile Pvt.Ltd.