भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

यो वर्ष माथिल्लो सडकमा बजेट हालेँ, आगामी वर्ष दामोदर सडकमा हाल्छुः मन्त्री मास्की

यो वर्ष माथिल्लो सडकमा बजेट हालेँ, आगामी वर्ष दामोदर सडकमा हाल्छुः मन्त्री मास्की

तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीेले दामोदर सडक कालोपत्रेकालागि आगामी बर्षको बजेटमा ब्यबस्था गर्ने बताएका छन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित त्रिशक्ति कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुघ्द चिस्यान केन्द्र तथा डेरी शपको उद्घाटन गर्दै मन्त्री मास्कीले बहुबर्षिय बनाएर दुई बर्ष भित्र कालोपत्रे गर्ने आफ्नो योजना रहेको बताएका छन् ।

पश्चिम दाङको बाघमारे हुँदै हापुरे जोड्ने सडक बीचका सबै खोलामा पुल हालेको र त्यसमा केहीको टेण्डर पनि भइरहेको उनले बताए । साथै केही खोलाहरुमा केही समयमा टेण्डर हुने समेत उनको भनाई छ । त्यस्तै माथिल्लो सडक स्तरबृद्धिकालागि पनि आफूले बजेट हालेले टेण्डरको प्रक्रिया अघि बढिसकेको बताए । पश्चिम दाङको ठूलो योजनाका रुपमा रहेको दामोदर सडकलाई आगामी बर्षमा बजेट हाल्ने तयारी रहेको उनले बताए ।

यो बर्ष नसमेटिएका योजनाहरुलाई आगामी बर्ष समेट्ने गरि तयारी भएको समेत उनले बताए । साथै उनले किसानहरुले उत्पादन गरेको उत्पादनकालागि चिस्यान केन्द्र स्थापनाकालागि बजेट बिनियोजन गरेको समेत बताए । सोही ठाउँमा सहकारीले एक हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरेको हो । जहाँ प्रत्येक दिन साढे दुई सय लिटर दूध उत्पादन हुनेगर्छ । त्यहाँ उत्पादन भएको दूध तुलसीपुरलगायतका बजारमा जानेगर्छ । दुग्ध केन्द्र स्थापना भएसंगै अब विक्री नभएको दूधलाई स्टोरेज गर्न सहज हुने संस्थाका अध्यक्ष ढालबहादुर खत्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.