भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ

दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ

धनगढी, २९ जेठ । दार्चुलामा नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा दुहुँ गाउँपालिका–३ स्थित कालीगाड क्षेत्रमा निगरानी गर्ने क्रममा ३९ बोरा झ्याउ बरामद गरिएको हो । उक्त झ्याउ महाकाली नदी किनार हुँदै भारततर्फ लैजान लागिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट दुहुँ गाउँपालिका–४ निवासी ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्कीलाई पक्राउ गरेको छ । बरामद गरिएको झ्याउको कुल तौल १ हजार ३६८ किलोग्राम रहेको छ। यसको अनुमानित बजार मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले बरामद गरिएको अवैध वन पैदावार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र अवैध वन पैदावार ओसारपसारमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.