भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ

दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ

धनगढी, २९ जेठ । दार्चुलामा नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा दुहुँ गाउँपालिका–३ स्थित कालीगाड क्षेत्रमा निगरानी गर्ने क्रममा ३९ बोरा झ्याउ बरामद गरिएको हो । उक्त झ्याउ महाकाली नदी किनार हुँदै भारततर्फ लैजान लागिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट दुहुँ गाउँपालिका–४ निवासी ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्कीलाई पक्राउ गरेको छ । बरामद गरिएको झ्याउको कुल तौल १ हजार ३६८ किलोग्राम रहेको छ। यसको अनुमानित बजार मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले बरामद गरिएको अवैध वन पैदावार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको र अवैध वन पैदावार ओसारपसारमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.