भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

काठमाडौं, २९ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर नयाँ मूल्यमा पुगेको हो । यद्यपि, साप्ताहिक आधारमा हेर्दा सुनको मूल्य अझै पनि घट्दो अवस्थामा रहेको देखिन्छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो । त्यसको तुलनामा एक सातामै सुनको भाउ १७ हजार रुपैयाँले घटेको महासंघको तथ्यांकले देखाएको छ ।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । साप्ताहिक तुलना गर्दा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । गत शुक्रबार प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी अहिले सो मूल्यभन्दा कम दरमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.