भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो

काठमाडौं, २९ जेठ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर नयाँ मूल्यमा पुगेको हो । यद्यपि, साप्ताहिक आधारमा हेर्दा सुनको मूल्य अझै पनि घट्दो अवस्थामा रहेको देखिन्छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो । त्यसको तुलनामा एक सातामै सुनको भाउ १७ हजार रुपैयाँले घटेको महासंघको तथ्यांकले देखाएको छ ।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । साप्ताहिक तुलना गर्दा चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । गत शुक्रबार प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी अहिले सो मूल्यभन्दा कम दरमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.