भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

डेनमार्क पठाउने भन्दै २५ जना लिएर गएका मेनपावर व्यवसायी मृत भेटिए

डेनमार्क पठाउने भन्दै २५ जना लिएर गएका मेनपावर व्यवसायी मृत भेटिए

विराटनगर । मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा बिहान मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा शव भेटिएको छ । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेका व्यक्ति भएको बुझिएको छ ।

बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएर गएका थिए । उनी विराटनगरको नयाँ गुद्री अगाडि बसेका थिए भने विदेश जाने युवाहरू रानी क्षेत्रमा बसेका थिए ।बिहान युवाहरूसँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएका हुन् ।

एक जना डेनमार्क पठाएबापत उनले ७ लाख लग्ने गरेको बताएका थिए । विदेश पढाउनु अगाडि एक जनाबाट डेढ लाख लिएको खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.