भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु

गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको मृत्यु

ललितपुर । ग्वार्कोस्थित एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुर महानगरपालिका–७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।

उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउस पुगेकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले बताए । युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.