भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाको आग्रह

वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाको आग्रह

काठमाडौँ, १७ पुष । शीतका कारण सडक भिजेर चिप्लो बनेपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने खण्डमा हिजो दिउँसोदेखि गाडी सञ्चालन सहज भएको छ।

तीन दिनदेखि सडक अत्यन्तै चिप्लो बनेपछि सवारी साधन सञ्चालन हुन नसक्दा लामो जामको अवस्था सिर्जना भएको थियो। यात्रुहरू ३० देखि ३२ घण्टासम्म जाममा अल्झिनुपरेको दाउन्ने प्रहरी चौकीले जनाएको छ। हाल भने दुईतर्फी रूपमा सहजै सवारी साधन सञ्चालन भइरहेको छ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडकखण्डमा शीत धेरै परेको बेला ठूला तथा मालबाहक सवारी साधनलाई उकालो चढ्न कठिनाइ हुँदै आएको छ। दाउन्ने खण्डको करिब १४ किलोमिटर दूरी पार गर्न मात्रै ५ देखि ६ घण्टासम्म लाग्ने गरेको छ। बुटवल–नारायणगढ सडकखण्डको कुल दूरी १ सय ७० किलोमिटर रहेको छ।

शीतका कारण सडक अत्यधिक चिप्लो भएपछि गाडी सञ्चालनमा समस्या आएपछि गिट्टी राखेर अस्थायी रूपमा यातायात सहज बनाइएको जनाइएको छ। तर, दाउन्ने क्षेत्रमा सहज यात्रा सुनिश्चित गर्ने गरी निर्माण कार्य हालसम्म सम्पन्न हुन सकेको छैन।

यसैबीच नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना जारी गर्दै अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडकखण्डमा आवश्यक मर्मतसम्भार भइरहेको र केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भइरहेकाले एकतर्फी सवारी सञ्चालन हुँदै आएको आयोजनाले जनाएको छ।

आयोजनाले सवारी सञ्चालनका क्रममा लेन अनुशासन र ट्राफिक नियम पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ। वैकल्पिक मार्गका रूपमा पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनलाई नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल निस्कन आग्रह गरिएको छ।

त्यसैगरी कालीगण्डकी चोक (गैँडाकोट)–रामपुर–पिपलडाँडा मार्ग हुँदै पनि सवारी सञ्चालन गर्न सकिने जनाइएको छ। काठमाडौँबाट बर्दघाट पश्चिमतर्फ जाने तथा बुटवल–काठमाडौँ आवागमन गर्ने सवारीका लागि काठमाडौँ–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.