भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अल्जेरियाको इलिजीमा १४ जनाको शव फेला

अल्जेरियाको इलिजीमा १४ जनाको शव फेला

काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ ।

लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

लिबियाका अधिकारीका गैरजिम्मेवारीपनले अझै धेरै सिरियालीहरू लिबिया छोडेर अल्जेरियातर्फ जाने र थप घटना हुने भन्दै फारुखले लिबियाकालाई सचेत हुन आग्रह गर्नुभएको छ । यसअघि सन् २०१६ मा पनि २२ जना सिरियाली नाइजरबाट प्रवेश गरेर अल्जेरियाको मरुभूमिमा हराएका थिए । पछि उनीहरुलाई सेनाले उद्धार गरेको थियो ।

सन् २०११ देखि सिरिया युद्धले ग्रस्त हुँदा अहिलेसम्म पाँच लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो बीचमा लाखौँ नागरिक विस्थापित भएका छन् । अर्थतन्त्र र पूर्वाधारमा पनि गम्भीर क्षति पुगेको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.