भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर ज्यान गएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो । भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.