भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

११० सिटका लागि दलहरू अन्तिम गृहकार्यमा

११० सिटका लागि दलहरू अन्तिम गृहकार्यमा

काठमाडौँ, १ चैत ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ।

समानुपातिकतर्फका ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम टुङ्ग्याउन विभिन्न राजनीतिक दल अन्तिम गृहकार्यमा जुटेका छन्। ‘थ्रेसहोल्ड’ कटाएका तथा प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएका छन्।

एमालेले हिजो नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरिसकेको छ। बाँकी पाँच दलले भने आज अन्तिम निर्णय गरी निर्वाचन आयोगमा सूची पेस गर्नुपर्नेछ।

संवैधानिक व्यवस्था अनुसार दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी बन्दसूचीबाट नाम समावेश गर्नुपर्ने हुन्छ। साथै, संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ।

यसैबीच, रास्वपाले आज बिहान १० बजे सचिवालय बैठक बोलाएको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ। नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम तयारीमा जुटेका छन्।

 


Thali Mobile Pvt.Ltd.