भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिए

देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिए

काठमाडौं । यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८ गतेसम्म आइपुग्दा यो संख्या बढेर ५ हजार ११९ जना संक्रमित पुगेको छ।

यस्तै डेंगु संक्रमणबाट यो वर्ष हालसम्म ३ जना विरामीको मृत्यु भएको इडिसिडीले जनाएको छ। यस्तै हालसम्म तनहुँ जिल्ला डेंगुको रेड जोनमा परेको छ। डेंगुको ५ सयभन्दा बढी संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्ने गरिन्छ।

इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्। अघिल्लो हप्ता तनहुँमा हाल ७८१ जनामा डेंगु पुष्टि भएकोमा यो हप्ता १ हजार ४५ जना पुगेका छन्। त्यसैगरी दोस्रोमा काठमाडौँमा ४२१ जना संक्रमित रहेका छन्।

अघिल्लो हप्ता काठमाडौंमा ३८० जना संक्रमित थिए। त्यसपछि क्रमशः कास्कीमा ४०८, पर्वतमा २७२ र चितवनमा ४६८ जनामा डेंगु पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगु देखिएको छ। यो वर्ष हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.