भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

काठमाण्डौ, २८ जेठ । सरकारले डेङ्गीको सङ्क्रमणदरलाई आउँदो पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो पाँच वर्षभित्र सङ्घीय, प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ ।

योजनाअन्तर्गत डेङ्गीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ । लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ । योजनाअन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ ।

यसैगरी, विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य ‘सहिष्णुता क्षेत्र’ घोषणा गर्ने र पार्कलगायत क्षेत्रमा पानीको फोहोरा, पोखरी आदि डेङ्गीवाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाइलाई कडाइसाथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ ।

यसैगरी, जलाशयहरूमा लार्भा खाने माछाको सङ्ख्या बढाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ । रासस

 


Thali Mobile Pvt.Ltd.