भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु

जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको गोलीबारीमा कम्तीमा १२ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराका अनुसार जोहानेसबर्गको पूर्वमा रहेको क्लिभल्यान्ड क्षेत्रको जम्पर्स नामक अनौपचारिक बस्तीमा हिजो राति बन्दुकधारीहरूले आक्रमण गरेका थिए ।

घटनापछि प्रहरीले १० जनाभन्दा बढी संदिग्धको खोजी सुरु गरेको छ । आक्रमणको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।दक्षिण अफ्रिका विश्वमा उच्च हत्या दर भएका देशमध्ये एक मानिन्छ । यहाँ औसतमा दैनिक करिब ६० जनाको हत्या हुने तथ्यांक रहेको बताइन्छ ।

साथै, देशमा लाखौँ संख्यामा कानूनी तथा अवैध हतियार रहेको कारण पनि हिंसात्मक घटनाहरू बढ्ने गरेको विज्ञहरूले बताउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.