भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

धुम्रपान गर्नेको दाँत यस्तै हुन्छ

धुम्रपान गर्नेको दाँत यस्तै हुन्छ

काठमाडौं । धुम्रपानको लत लागेको त छैन ? अब छोड्नुस् । फोक्सो मात्रै हैन मुख, दाँत गिजा, गाला, घाँटी, श्वास नलीसहितका अंगमा यसले नराम्ररी खाइदिन्छ । धुम्रपानले सबैभन्दा पहिले मुखमा असर गर्छ । सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ ।

चुरोट अत्याधिक पिउँदा धुँवा र त्यसमा हुने अन्य रसायनले दाँतमा दागहरु बस्दै जान्छ । दाँत कीराले खान्छ। धुम्रपानले मुखमा थुक उत्पादन कम हुन्छ जसले मुख सुख्खा हुनुका साथै दाँतमा कीरा लाग्ने सम्भावना धेरै हुन्छ । एउटा स्वस्थ मानिसको मुखमा दैनिक डेढ लिटरसम्म थुक उत्पादन हुन्छ ।

थुक उत्पादनमा कमी भएपछि प्राकृतिक रुपमा मुख सफा हुन पाउँदैन र विभिन्न समस्या निम्त्याउँछ । चुरोटमा निकोटिन र तातोपनले बिस्तारै गिजामा समस्या ल्याउँछ। धुम्रपान गर्दा निस्कने रसायनले मुख सुक्खा भई फोहोर हुने र ब्याक्टेरियाले बिस्तारै गिजामा संक्रमण भई दुख्ने, रगत आउने, पाक्ने र सुन्निने हुनसक्छ। संक्रमण बढ्दै गए दाँत झर्ने हल्लिएर झर्नेसम्म हुन सक्छ।

 


Thali Mobile Pvt.Ltd.