भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

धादिङ बस दुर्घटना: बेनीघाटमा बस त्रिशूलीमा खस्यो, १९ जनाको मृत्यु, २५ घाइते

धादिङ बस दुर्घटना: बेनीघाटमा बस त्रिशूलीमा खस्यो, १९ जनाको मृत्यु, २५ घाइते

काठमाडौँ, ११ फागुन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने  २५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा चालकसहित ४४ जना सवार थिए, जसमध्ये २९ जना पुरुष र १५ जना महिला रहेका थिए । दुर्घटना राति करिब १:३० बजे भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली तथा स्थानीय बासिन्दाको सहकार्यमा उद्धार कार्य तत्काल सुरु गरिएको थियो ।

दुर्घटनामा घाइते भएका २५ जनालाई प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा पठाइएको थियो । तीमध्ये गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

हाल १४ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.