भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी, १० फागुन । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान हुने भएको छ ।

नेपाल वायुसेवा निगमले यसअघि सञ्चालन गर्दै आएको साप्ताहिक चार उडानको तालिका परिवर्तन गर्दै बिहीबारको उडान कटौती गरेको हो । अब आइतबार , मङ्गलबार र शनिबार मात्र उडान हुने रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए । निगमसँग हाल तीन वटा मात्र ट्वीनअटर जहाज उपलब्ध रहेका छन् । जहाजको नियमित मर्मत तथा अभावका कारण अस्थायी रूपमा उडान तालिकामा परिवर्तन गरिएको बताइएको छ ।

रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र गुल्मीबाट बिहान ७ः३० बजे उडान हुँदै आएको छ । काठमाडौँदेखि गुल्मीका लागि रु ७ हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि रु ७ हजार ३०० भाडादर कायम गरिएको छ । दिउँसो अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान हुने गरेको छ ।

जिल्लामा २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । लामो स्थलमार्गको विकल्पका रूपमा ४५ मिनेटमै राजधानी पुग्न सकिने सुविधा भए पनि उडान सङ्ख्या घटेसँगै यात्रुहरू प्रभावित बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.