भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू हट्यो, अवस्था सामान्य

गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू हट्यो, अवस्था सामान्य

रौतहट, ११ फागुन । गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएको छ । दुई समुदायबीच सबगढा क्षेत्रमा देखिएको विवाद साम्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बिहान बसेको बैठकले बिहान १० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटले गत शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको थियो । उक्त कर्फ्यू स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) बमोजिम लागू गरिएको थियो, जसअन्तर्गत आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको थियो । कर्फ्यूको क्षेत्र पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको थियो । साम्प्रदायिक तनाव र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यू लगाएको जनाएको थियो ।

स्थिति नियन्त्रणमा आएपछि दुवै पक्षबीच संवाद र सहमतिमार्फत अवस्था सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिहान १० बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाइएको जानकारी दिँदै हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको बताएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.