भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘संविधान दिवस’ मधेसकेन्द्रित दलहरुले ‘कालो दिन’ काे रूपमा अर्थ्याए ?

‘संविधान दिवस’ मधेसकेन्द्रित दलहरुले ‘कालो दिन’ काे रूपमा अर्थ्याए ?

काठमाडौं । असोज ३ गते संविधान दिवस हो । सरकारमा हुँदा चुप बस्ने नीति अपनाउँदै आएका मधेसवादीदलहरु सरकार बाहिर हुँदा कालो दिवस भनेर कुर्लन थालेका छन् । समाजवादी पार्टी नेपालले संविधान दिवसको विरोध गर्ने जनाएको छ । केन्द्र सरकार र मधेस सरकार दुवैबाट बाहिर रहेको जसपाले संविधान दिवस मनाउने नीति फेरेको छ ।

यसपटक आफ्नो उपस्थिति भएका जिल्लामा अन्तरक्रियालगायतका कार्यक्रम गरेर संविधान दिवसको विरोध गर्ने बताएका छन् । पोहोर सालसम्म मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले गरेको थियो । मधेस प्रदेशको पहिलो कार्यकालको नेतृत्व जसपाले नै गरेको थियो ।

संविधान दिवसका दिन कार्यक्रम हुँदा मधेस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरू दिनभरि घरमै बस्ने गर्थे । कर्मचारी भने कार्यक्रम मनाउँथे । कर्मचारीले गरेका कार्यक्रममा जसपाका मन्त्रीहरू सहभागी हुँदैनथे, तर यस वर्ष भने संविधान संशोधनको माग राख्दै जसपाका नेताहरूले देशभर अन्तरक्रिया कार्यक्रम राख्ने जनाएको छ।

संविधान स्वीकार गरेर दुईपटक तराई–मधेसकेन्द्रित दल चुनावमा सहभागी भइसकेका छन् । पटकपटक सरकारमा सहभागी भएका छन्। तराई–मधेसकेन्द्रित दलहरूले मधेस प्रदेश सरकारको नेतृत्व आफैंले गरिरहेका छन् र पनि संविधान दिवसको विरोध किन र कहिले सम्म ? नागरिको चाँसोको विषय बनेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.