भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘संविधान दिवस’ मधेसकेन्द्रित दलहरुले ‘कालो दिन’ काे रूपमा अर्थ्याए ?

‘संविधान दिवस’ मधेसकेन्द्रित दलहरुले ‘कालो दिन’ काे रूपमा अर्थ्याए ?

काठमाडौं । असोज ३ गते संविधान दिवस हो । सरकारमा हुँदा चुप बस्ने नीति अपनाउँदै आएका मधेसवादीदलहरु सरकार बाहिर हुँदा कालो दिवस भनेर कुर्लन थालेका छन् । समाजवादी पार्टी नेपालले संविधान दिवसको विरोध गर्ने जनाएको छ । केन्द्र सरकार र मधेस सरकार दुवैबाट बाहिर रहेको जसपाले संविधान दिवस मनाउने नीति फेरेको छ ।

यसपटक आफ्नो उपस्थिति भएका जिल्लामा अन्तरक्रियालगायतका कार्यक्रम गरेर संविधान दिवसको विरोध गर्ने बताएका छन् । पोहोर सालसम्म मधेस प्रदेश सरकारको नेतृत्व जसपा नेपालले गरेको थियो । मधेस प्रदेशको पहिलो कार्यकालको नेतृत्व जसपाले नै गरेको थियो ।

संविधान दिवसका दिन कार्यक्रम हुँदा मधेस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरू दिनभरि घरमै बस्ने गर्थे । कर्मचारी भने कार्यक्रम मनाउँथे । कर्मचारीले गरेका कार्यक्रममा जसपाका मन्त्रीहरू सहभागी हुँदैनथे, तर यस वर्ष भने संविधान संशोधनको माग राख्दै जसपाका नेताहरूले देशभर अन्तरक्रिया कार्यक्रम राख्ने जनाएको छ।

संविधान स्वीकार गरेर दुईपटक तराई–मधेसकेन्द्रित दल चुनावमा सहभागी भइसकेका छन् । पटकपटक सरकारमा सहभागी भएका छन्। तराई–मधेसकेन्द्रित दलहरूले मधेस प्रदेश सरकारको नेतृत्व आफैंले गरिरहेका छन् र पनि संविधान दिवसको विरोध किन र कहिले सम्म ? नागरिको चाँसोको विषय बनेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.