भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

मुख्य बुँदाहरू

धनुषामा बफर कोटाअन्तर्गत युरिया र डिएपी मल वितरण सुरु ।

धान रोपाइँका बेला किसानलाई मल अभावबाट राहत ।

साउन दोस्रो सातासम्म थप मल आइपुग्ने अपेक्षा ।

गत आर्थिक वर्षमा १८ हजार ७४५ मेट्रिक टनभन्दा बढी मल वितरण ।

मागअनुसार थप मल उपलब्ध गराउन समन्वय जारी ।

जनकपुरधाम, ७ साउन । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।

धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।

मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रुपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।

उनका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोश्रो सातासम्म थप युरिया र डिएपी मल आउने भएकाले मलको अभाव पूर्ण रुपमा हट्ने उनको भनाइ छ ।

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।

सो कार्यालयलाई आव २०८२–८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रसायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताए । यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ ।

धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताए । धान रोपाइँको यामलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ ।

किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय समेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै मल आइपुग्ने प्रमुख चौधरीको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.