भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो

पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो

एजेन्सी । पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गएको छ । समुद्रबाट स्पेन पुग्ने क्रममा पाँच महिनामा १ सय ५४ महिला र ५० नाबालिग सहित कुल पाँच हजार ५४ जनाको ज्यान गएको पाइएको हो ।

धेरैजसो एट्लान्टिक मार्गमा थिए । त्यहाँ चार हजार ८ सय आप्रवासीले स्पेनको क्यानरी टापुहरू पुग्न प्रयास गर्दा ज्यान गुमाएका हुन् । धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुहरूमा पुग्न खतरनाक डुङ्गा यात्रा गर्ने गरेका र दुर्घटनामा उनीहरुको ज्यान जाने जोखिम बढेको हो ।

स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि मुख्य प्रवेशद्वारहरूमध्ये एक हो । स्पेनिस टापुहरूबाट लगभग एक हजार ५ सय किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशहरूबाट आप्रवासीहरूको सङ्ख्या बढेको छ ।

तथ्याङ्कअनुसार औसतमा दैनिक ३३ जनाको ज्यान जाने गरेको चिाियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । गएको वर्षको तुलनामा यो सङ्ख्या डरलाग्दो रूपमा बढेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

क्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीले लिएका आप्रवासी मार्गहरूको ‘विस्तृत’ विश्लेषणपछि यो वर्षको सङ्ख्या गणना गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.