भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो

पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयो image

एजेन्सी । पाँच महिनामा ५ हजारभन्दा धेरै आप्रवासीको ज्यान गएको छ । समुद्रबाट स्पेन पुग्ने क्रममा पाँच महिनामा १ सय ५४ महिला र ५० नाबालिग सहित कुल पाँच हजार ५४ जनाको ज्यान गएको पाइएको हो ।

धेरैजसो एट्लान्टिक मार्गमा थिए । त्यहाँ चार हजार ८ सय आप्रवासीले स्पेनको क्यानरी टापुहरू पुग्न प्रयास गर्दा ज्यान गुमाएका हुन् । धेरैजसोले अफ्रिकाको उत्तरपश्चिमी तटमा रहेको क्यानरी टापुहरूमा पुग्न खतरनाक डुङ्गा यात्रा गर्ने गरेका र दुर्घटनामा उनीहरुको ज्यान जाने जोखिम बढेको हो ।

स्पेन युरोपमा राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि मुख्य प्रवेशद्वारहरूमध्ये एक हो । स्पेनिस टापुहरूबाट लगभग एक हजार ५ सय किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशहरूबाट आप्रवासीहरूको सङ्ख्या बढेको छ ।

तथ्याङ्कअनुसार औसतमा दैनिक ३३ जनाको ज्यान जाने गरेको चिाियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । गएको वर्षको तुलनामा यो सङ्ख्या डरलाग्दो रूपमा बढेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

क्षिणमा सेनेगलदेखि भूमध्यसागरको तटमा रहेको अल्जेरियासम्म स्पेन पुग्न खोज्ने आप्रवासीले लिएका आप्रवासी मार्गहरूको ‘विस्तृत’ विश्लेषणपछि यो वर्षको सङ्ख्या गणना गरिएको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.