भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री

शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री

काठमाडौं, २४ भदौ । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किएका छन् । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक उद्घाटन गर्न गृहमन्त्री गुरुङ बुधबार सातदोबाटो पुगेका थिए ।

तर पार्कमा निर्माण गरिएका शहीदका सालिकको अनुहार वास्तविक व्यक्तिसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । पार्क उद्घाटन कार्यक्रममा सहभागी शहीदका आफन्तहरूले सालिकमा आफ्ना परिवारका सदस्यको अनुहार नमिलेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरूले शहीदको वास्तविक पहिचान र स्वरूपसँग मेल नखाने गरी सालिक निर्माण गरिएको भन्दै निर्माण प्रक्रियामा लापरबाही भएको आरोप लगाएका छन् । जेनजी स्मृति पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ ।

पौडी पोखरी परिसरको करिब दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ ।

तर उद्घाटनकै क्रममा शहीदका परिवारजनबाट सालिकको स्वरूपप्रति प्रश्न उठेपछि कार्यक्रम प्रभावित भएको हो । परिवारजनले शहीदको योगदान र पहिचानसँग जोडिएको स्मृति पार्क निर्माण गर्दा संवेदनशीलता र वास्तविक विवरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.