भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत

मुख्य बुँदा

आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री गर्न सहमत ।

चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि नियामक निकायले छलफल गरेको ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको ।

यात्रुको चाप बढेका बेला महँगो भाडा लिने गरिएको गुनासो थियो ।

२०७२ सालदेखि आन्तरिक हवाई सेवामा न्यूनतमदेखि अधिकतमसम्म भाडादर निर्धारण हुँदै आएको छ ।

काठमाडौं, २२ असोज । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरमध्ये सस्तो दरमा टिकट बिक्री तथा वितरण गर्न सहमत भएका छन् ।चाडपर्वको समयमा यात्रुको चाप बढेको मौका छोपेर हवाई भाडा महँगो बनाइएको गुनासो बढेपछि सरकारले यस विषयमा चासो देखाएको थियो ।

त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।छलफलपछि वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री तथा वितरण गर्न सहमत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आन्तरिक हवाई सेवाका लागि विसं २०७२ मङ्सिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट न्यूनतमदेखि अधिकतमसम्मको भाडादर निर्धारण गरिएको थियो । यात्रुको चाप कम भएका बेला कम्पनीहरूले सोही दायराभित्रको न्यूनतम भाडामा टिकट बिक्री गर्दै आएका छन् भने चाडपर्व तथा अन्य समयमा यात्रुको चाप बढ्दा अधिकतम भाडा लिने गरेका छन् ।

चाडपर्वको समयमा हवाई यात्रुको चाप बढ्ने भएकाले भाडा अत्यधिक महँगो भएको गुनासो यात्रुबाट आउन थालेपछि प्राधिकरणले वायुसेवा कम्पनीसँग छलफल गरेको हो । अब कम्पनीहरूले स्वीकृत भाडादरको सस्तो दरमा टिकट उपलब्ध गराउने सहमति गरेपछि चाडपर्वमा हवाई यात्रा गर्ने यात्रुलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.