भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान

भक्तपुर, २४ असोज । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतम सम्मानित हुनुभएको छ । स्वास्थ्य सेवा क्षेत्रको विकास, गुणस्तरीय स्वास्थ्य सेवाको विस्तार तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै क्रियाशील पत्रकार मञ्च, भक्तपुरले उहाँलाई सम्मान गरेको हो ।

मञ्चले डा. गौतमलाई सम्मानपत्र प्रदान गर्दै स्वास्थ्य क्षेत्रको सुधार र संस्थागत विकासमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरेको छ । विशेषगरी भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहँदा उहाँले अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सम्मानपत्रमा उल्लेख छ ।

उहाँको नेतृत्वमा भक्तपुर अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्न योगदान पुगेको मञ्चले जनाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता तथा क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी ‘आशा’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. गौतमलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्मानपत्रमा डा. गौतमको निष्ठा, जिम्मेवारीबोध, कुशल व्यवस्थापकीय नेतृत्व र सेवाग्राहीमैत्री स्वास्थ्य प्रणाली विकासप्रतिको प्रतिबद्धताले स्वास्थ्य क्षेत्रको संस्थागत सुदृढीकरणमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।

डा. सुमित्रा गौतम, क्रियाशील पत्रकार मञ्च भक्तपुर, स्वास्थ्य सचिव, बागमती प्रदेश, भक्तपुर अस्पताल, स्वास्थ्य

 


Thali Mobile Pvt.Ltd.